नियम ७६
सोझै खरिद सम्बन्धी व्यवस्था
(१) खरिद ऐनको दफा ४१ को उपदफा (१) को
खण्ड (क) बमोजिमको फुटकर खरिदमा एकलाख पचासहजार रुपैया“सम्मको खर्च
भैजाने वा पू“जीगत मालसामान वा निर्माण कार्य वा परामर्श सेवा वा अन्य सेवा सोझै
खरिद गर्न सकिनेछ ।
तर यस उपनियम बमोजिम निर्माण कार्य गराउ“दा एउटै व्यक्ति, फर्म, कम्पनी
वा संस्थाबाट एक आर्थिक वर्षमा एक पटक भन्दा बढी पटक गराउन सकिने छैन ।
(२) उपनियम (१) अन्तर्गतका परामर्श सेवा वा अन्य सेवा खरिदको हकमा
संरचनात्मक वा एकाई दर सम्झौता गरी गर्न सकिने छ ।
(३) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (ग) बमोजिमको आपूर्ति
गर्ने अधिकार एउटा मात्र आपूर्तिकर्तास“ग भएमा त्यस्ता प्रोप्राइटरी स्वरुपको
मालसामान उक्त आपूर्तिकर्ता वा निजका आधिकारिक बिके्रता वा आधिकारिक एजेन्ट
मार्फत खरिद गर्न सकिने छ ।
(४) उपनियम (१) बमोजिम फुटकर खरिद गर्दा नियम ७० बमोजिम मौजुदा
सूचीमा रहेका आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकबाट
दरभाउ वा प्रस्ताव माग गरी खरिद गर्न सकिनेछ ।
(५) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (घ) बमोजिमको
प्रोप्राइटरी स्वरुपको मालसामान सोझै खरिद गर्दा साविक सम्झौता मूल्यको तीस
प्रतिशत मूल्य सम्मको प्रोप्राइटरी स्वरुपको मालसामान खरिद गर्न सकिनेछ ।
(६) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (क) र (ङ) को
अवस्थामा बाहेक अन्य खण्डको अवस्थामा गरिएको सोझै खरिदको हकमा स्थानीय
निकायले त्यस्तो खरिदको प्रकृति, कारण र आधार सहित निर्माण व्यवसायी,
आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकको नाम खुलाई सार्वजनिक रुपमा सूचना
प्रकाशन गर्नु पर्नेछ ।
(७) खरिद ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (घ) को अवस्थामा खरिद
गर्न एक तह माथिको अधिकारीको स्वीकृति लिनु पर्नेछ ।